बाढी पहिरोबाट दुई दिनमा १३२ जनाले गुमाए ज्यान, ६२ जना अझै बेपत्ता, ८६ जना घाइते



काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर एक सय ३२ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा आइतबार दिउँसो १ बजेसम्म १३२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडाैं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।


अझै ६२ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। त्यस्तै ८६ जना घाइते छन् भने सुरक्षाकर्मीले ३ हजार २६६ जना भन्दा बढीको उद्धारसमेत गरेको छ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको छ ।

प्रहरीले लामो यात्रामा निस्कनुअघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० र ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३ मा सम्पर्क गरेर मात्रै निस्कन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here