बागमती नदी संरक्षण सन्दर्भमा सर्वोच्चबाट जारी फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जाओस् : रघुजी



काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले बागमती नदी संरक्षणको सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको फैसलाविरुद्ध पुनरावलोकन जान सुझाव दिएका छन् । आज (सोमबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले सर्वोच्चको उक्त फैसलाले जनता मारमा परेको उनको भनाइ छ ।

उक्त फैसलाविरुद्ध सरकार पुनरावलोकन नजाने हो भने जनताको सम्पत्तिमाथिको हक हनन हुने उनले बताए । ‘जनताको मनस्थिति, मनोभावना र उनीहरुलाई परेको अन्यायलाई ध्यानमा राख्दै सरकार तुरुन्तै पुनरावलोकनमा जाओस् । सर्वोच्च अदालतलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु– उपत्यका जनताले पुनरावलोकनमार्फत न्यायपूर्ण फैसला हुन्छ भन्ने अपेक्षा गरेका छन्,’– उनले भने । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here