प्रधानमन्त्री मोदी ब्रुनाई र सिङ्गापुरको आधिकारिक भ्रमणमा



नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार ब्रुनाई दारुस्सलाम र सिङ्गापुरको तीन दिने आधिकारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्रीको रुपमा मोदीको यो पहिलो ब्रुनाई भ्रमण हुनेछ । दुई राष्ट्रबिचको कूटनीतिक सम्बन्धको ४० वर्ष पूरा भएको अवसरमा निर्धारित यस भ्रमणलाई द्विपक्षीय महत्वको रुपमा लिएको स्रोतले जनाएको छ ।


भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले सेप्टेम्बर ४–५ मा सिङ्गापुर भ्रमण गर्ने स्रोतले जनाएको छ ।

प्रस्थान वक्तव्यमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोहोरो भ्रमणको उदेश्य दुई देशसँग भारतको सम्बन्धलाई अझ मझभुत र प्रगाड बनाउनेमा केन्द्रित रहेको जनाए ।

यसै गरी भारत–बुर्नाइ दारुस्सलाम कूटनीतिक सम्बन्धको गौरवशाली ४० वर्ष पूरा गरेको अवसरमा महामहिम सुल्तान हाजी हसनल बोल्कियालाई भेट्न उत्सुक रहेको प्रधानमन्त्री मोदीले विज्ञप्तिमार्फत जनाएका छन्।

भ्रमणको दास्रो चरणमा सिङ्गाापुरमा राष्ट्रपति थर्मन सन्मुगरत्नम, प्रधानमन्त्री लरेन्स वोङ, वरिष्ठ मन्त्री ली सिएन लुङ र वरिष्ठ मन्त्री गोह चोक टोङसँग वार्ता गर्ने उनले बताएका छन् ।