प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्रीबीच भेटवार्ता



न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीबीच बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घका लागि कतारको स्थायी नियोगको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here