पूर्वडीआईजी जोशीको बचाउमा रास्वपा, पक्राउ गरिएकोमा आपत्ति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व डीआइजी छविलाल जोशीलाई पक्रेकोबारे आपत्ति जनाएको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यबाहक प्रवक्ता मनिष झाले जोशीलाई प्रक्रिया नपुर्याए समातिएको भन्दै आपत्ति जनाए ।


‘छविजीलाई जुन प्रक्रियाले पक्रेको छ त्यसको विरोध छ । प्रक्रिया मिलेन । कुन आधारमा पक्रेको हो‚’ उनले भने‚ ‘ बिदाको दिन उहाँको बयान लिएको छैन । तर‚ कुनै सञ्चारमाध्यमले लेखिदिन्छ । भोलिपल्ट कुनामा सानो लेखेर माफी माग्छ तर‚ड्यामेज हाम्रो भएको हुन्छ ।’

गत आइतबारबाट जोशी प्रहरीको हिरासतमा छन् । सहकारीमार्फत ८५ करोड रुपैया गोरखा मिडियामा लगेर अपचलन गरेको आरोप उनीमाथि रहेको छ । संसदीय छानबिन समितिले छविसहित रास्वपाका सभापति रवि लामिछानेलाई पनि कारबाहीको सिफारिस गरेको छ । तर, लामिछाने पक्राउ परेका छैनन् । लामिछानेलाई पक्राउ गरे प्रतिवादमा उत्रिने रास्वपाले यसअघिनै चेतावनी दिईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here