दुर्गा प्रसाईंले भने– एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु



काठमाडौं । साईबर क्राईमको अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपकोलागि अदालत पेश गरिएको छ ।

आज (आइतबार) अपरान्ह आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई साईबर ब्यूरोको कार्यालय, भोटाहिटीबाट सिधै अदालत लगिएको हो ।


प्रसाईंका केही समर्थक पनि पक्राउ परेका छन् । निवासमा पक्राउ पर्दैगर्दा उनले आफूले तस्करसँग लड्दा यो भोग्नुपरेको खुलाए । तर, आफ्नो शरीरमा एक थोपा रगत हुँदासम्म केपी ओलीसँग लड्ने उनको उद्घोष छ ।

पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here