तीन महिनापछि खुल्याे संस्कृत विश्वविद्यालयकाे ताला



दाङ । दाङको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला खुलेको छ। विभिन्न विद्यार्थी संगठनहरूले तीन महिनादेखि लगाएको सबै ताला बिहीबारबाट खुलेको हो।

विद्यार्थी संगठन र आंशिक प्राध्यापकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए। आंशिक प्राध्यापकहरूले यसअघि नै ताला खोले पनि विद्यार्थी संगठनहरूको बाँकी थियो।


लामो वार्ता र छलफलपछि विद्यार्थी संगठन ताला खोल्न सहमत भएको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले बताए।

विश्वविद्यालयको बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनीक काम पूर्ण रूपमा प्रभावित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here