तीन दिनपछि बेपत्ता बालकको शव फेला



बरहथवा (सर्लाही) । सोती खोलाले बगाएको बालकको शव तीन दिनपछि फेला परेको छ । गत असोज १२ गतेको अविरल वर्षापछि सोती खोलामा आएको भेलमा बगी बागमती नगरपालिका–९, सोगारत महतोका १४ वर्षीय छोरा मुकेश बेपत्ता भएका थिए ।

बेपत्ता बालकको निरन्तर खोजी गर्ने क्रममा आज शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here