ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ



काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्ली विमानस्थलमा पक्राउ परेका छन् । इमेज सहकारी ठगी मुद्दामा फरार नेपाली दिल्लीमा पक्राउ परेका हुन् ।

इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो । इन्टरपोलसँगको समन्वयमा उनी पक्राउ परेको र नेपाल ल्याउने प्रक्रिया अघि बढाइने नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिएका छन्।


उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ । रकम अपचलनमा उनीविरुद्धको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here