ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल अध्यक्षमा शर्मा



काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालको २९ औँ वार्षिक साधारणसभाले आइतबार वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । 

सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ्ग, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्रनारायण श्रेष्ठ, राजेशकुमार जोशी र सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको कार्यकारी निर्देशक आशीष थापाले जानकारी दिए । 


नवनिर्वाचित अध्यक्ष शर्मा लामो समयदेखि लेखापरीक्षण पेशामा संग्लग्न छन् । उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रुपमा विगत चार वर्षदेखि क्रियाशील रहेका थिए। नौ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा छ । सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।

संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणालीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here