झ्याप्लेखोलामा फेला परेको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला, अन्यको खोजीकार्य जारी



काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि भएको छ । उक्त बसमा चार जना सवार रहेकोमा तीन शव फेला परेको छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहीन रहेको दरौदी यातायात प्रालिले जनाएको छ । समितिका अध्यक्ष नारायण खत्रीका अनुसार शुक्रबार राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको थियो ।


झ्याप्ले खोलामा पुरिएको बस खोतल्ने क्रममा गोरखाबाट आउने क्रममा बेपत्ता भएको ना ४ ख२२७० नम्बरको बस नै रहेको पाइएको हो । सोही बसबाट तीन जनाको शव निकालिएको र बाँकीको खोजीकार्य चलिरहेको प्रहरीले जनाएको छ ।

बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । बसमा चालक बसका साहु आफै, तिवारी थरका सह चालक र केही यात्रुहरू रहेको आशंका गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here