चीनले विश्वका वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र खोल्ने



भियना । चीनले विश्वव्यापी सहयोग बढाउन अन्तरराष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ । यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश रहेको चिनियाँ आणविक ऊर्जा प्राधिकरणका उपाध्यक्ष लिउ जिङले जानकारी दिए ।

चाइना नेशनल न्युक्लियर कर्पोरेशनका अध्यक्ष यु जियानफेङले एक कार्यक्रममा कम्पनीले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्यलाई अझ प्रगाढ बनाउने र अन्तरराष्ट्रिय सहयोग विस्तार गर्ने लक्ष्य राखेको बताए । उनले चीनको आणविक अनुसन्धान केन्द्र खोल्दा विश्वमा आणविक प्रविधिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।


आईएईएका उपमहानिर्देशक मिखाइल चुडाकोभले आणविक ऊर्जा विकासमा चीनको उल्लेखनीय उपलब्धिको प्रशंसा गरेका छन् । चीनको आणविक अनुसन्धान र विकास केन्द्रहरू थप खोल्ने निर्णयको स्वागत गर्दै चुडाकोभले यस कदमले सदस्य राष्ट्रहरूलाई सहयोग गर्ने एजेन्सीको प्राविधिक क्षमतालाई अझ बलियो बनाउने बताए ।

संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तरराष्ट्रिय सङ्गठनका लागि चीनका स्थायी प्रतिनिधि ली सोङले भियनामा आयोजित स्वागत समारोहमा चीन र आईएईएले ४० वर्षदेखि आणविक ऊर्जाको विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्दै व्यावहारिक सहयोग विस्तार गरेको बताए । चीनले अन्तरराष्ट्रिय सुरक्षामा उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न, विश्वव्यापी अप्रसार प्रणालीको रक्षा गर्न र ग्लोबल साउटको फाइदाका लागि आणविक ऊर्जा र प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यलाई निरन्तरता दिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here