कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् राजीनामा



लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् । सोमबार संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उनले राजीनामा बुझाएकी हुन‍् ।

उनले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा दिएकी हुन् । गिरी २९ फागुन २०७९ मा सचेतक नियुक्त भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here