इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो जाँदा १५ जनाको मृत्यु



पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।

सुमात्रा टापुमा अवस्थित पश्चिम सुमात्रा प्रान्तको दुर्गम क्षेत्रमा बिहीबार साँझ भारी वर्षाले पहिरो निम्त्याएको प्रान्तीय विपद् न्यूनीकरण विभागका प्रवक्ता इल्हाम वहाबले बताए ।


“हिजो राति सुन खानीमा पहिरो गएको जानकारी हामीले प्राप्त गर्यौ । पहिरोमा दर्जनौ मानिक पुरिएका छन्, पीडितको खोजीकार्य जारी छ”, उनले भने ।

इल्हानले घटनामा १५ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको र उद्धारकर्ताले बेपत्ता भएका २५ जनाको खोजी गरिरहेको जानकारी गराएका छन् ।

सोलोक जिल्ला विपद् विभागले विज्ञप्तिमार्फत परित्याग गरिएको “अवैध” खानीमा पहिरो गएको जानकारी गराएको छ ।
दुर्गम ठाउँमा रहेको यस क्षेत्रमा पुग्न नजिकैको गाउँबाट घन्टौँ पैदल हिँड्नुपर्ने भएकाले उद्धार कार्यमा बाधा पुर्याइरहेको इल्हामले बताए ।

“पहिरो गएको स्थान धेरै टाढा छ । यसले उद्धारका प्रयासमा बाधा पुर्याएको छ”, उनले भने ।
सोलोक जिल्ला विपद् विभागले उक्त क्षेत्रमा मोबाइल फोनको पहुँच नभएकाले उद्धारकर्तालाई एकअर्कासँग कुराकानी गर्न गाह्रो भइरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here