आज चार वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद् अन्तरगत आज चारवटा समितिको बैठक बस्दैछ। अहिले बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ।

त्यस्तै, बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्ने कार्यसूची रहेको छ।


बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।