अदालतको फैसलाले काठमाडौँबासी अन्यायमा परे : सांसद राजभण्डारी



काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस सांसद सपना राजभण्डारीले सर्वोच्च अदालतको फैसलाले काठमाडौँबासी अन्यायमा परेको बताएकी छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनतालाई उठीबास बनाएर खेल्न पल्केकाहरू सित सावधान हुँदै सबै तहका सरकार सरोकारवाला पक्ष बसेर यो समस्या समाधान गर्नुपर्ने धारणा राखिन् । 


‘अहिले काठमाडौँ उपत्यकाका नदी र खोला किनार क्षेत्रमा बसोबास गर्ने स्थानीयबासी आन्दोलित भएका छन् । सरकारले २०६५ सालमै नदी तथा खोला किनारदेखि निर्माणको लागि २० मिटरको मापदण्ड तोकेकोमा अहिले त्यसैले तीनै तहका सरकार र सरोकारवाला पक्षले अदालत समक्ष यो फैसला कार्यान्वयन गर्दा स्थानीय जनतालाई अन्याय भई राज्यको सम्पत्तिको समेत क्षति हुने हुनाले पुनरावलोकनमा जानुको विकल्प छैन‚’ उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here