हैजा सङ्क्रमितको सङ्ख्या ४७ पुग्यो, कुन जिल्लामा कति ?



काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रूपन्देहीमा हैजा फैलिएको छ । देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरमा ३४ जना, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रूपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ ।