सुनको मूल्य स्थिर, चाँदीको बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७३५ रुपैयाँ कायम थियो ।