सुनको मूल्य डेढ लाख नजिक



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आन तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।