सिधाकुरा प्रकरणः फेक अडियो बनाएको आरोपमा राजकुमार तिमल्सिना पक्राउ



काठमाडौं । सिधा कुराले प्रसारण गरेको फेक अडियो बनाएको आरोप लागेका राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।

उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार साँझ काठमाडौंबाटै पक्राउ गरेको एसपी अंगुर जीसीले जानकारी दिए ।


तिमल्सिनाले बनाएको अडियोलाई सिधा कुरा अनलाइनले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको थियो । जसमा सर्वोच्च अदालतका न्यायाधीशसमेत संलग्न भएर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गरिएको थियो ।

सर्वोच्चकै आदेशमा ुसिधा कुराुमा प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भएको थियो ।

सिधा कुरा मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दामा भोलि फैसला हुने तय भएको छ ।