साफ यू-२० को सेमिफाइनल समीकरण पूरा, नेपालको प्रतिद्वन्द्वी भुटान



काठमाडौं । राजधानीमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई हराएसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो ।


शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको हो ।

पराजित भएसँगै माल्दिभ्स अंकविहीन भएर प्रतियोगिताबाट बाहिरिएको छ । उता भारत भने समूह बिजेता बनेको छ ।

त्यही समूहबाट भुटान तीन अंकका साथ सेमिफाइनल पुगेको छ । अब सेमिफाइनलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्ने छ।

साविक बिजेता भारतले साविक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेल आइतबार र सोमबार हुने छन् । फाइनल खेल आगामी बुधबार हुने एन्फाले जनाएको छ ।