सम्पत्तिको श्रोत खुलाउन माग गर्दै पूर्वउपराष्ट्रपति पुनको घरमा नेकपा (बहुमत) ले राख्यो कालोब्यानर



काठमाडौं । धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को दहचोकस्थित घरमा कालो ब्यानर लगाएको छ ।

जनमुक्ति सेनाका पूर्वकमाण्डर पूर्वउपराष्ट्रपति पुनको दकचोकमा रहेको घरमा नेकपा (बहुमत) ले कालो ब्यानर लगाएको छ । उसले घर निर्माणको श्रोत सार्वजनिक गर्न माग गरेको छ ।


त्यस्तै पार्टी ०४६ यताका उच्चपदस्थको सम्पति छानबिन गर्न पनि माग गरेको छ । पुनका छोरा दीपेश पुन सुन तस्करी र सहकारी ठगी प्रकरणमा जोडिएका छन् । सहकारी ठगी प्रकरणमा दीपेश पुन धरौटीमा छुटेका छन् ।