संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प August 23, 2024 Share on Facebook Tweet on Twitter काठमाडौँ । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।