रूसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित



रूसले युक्रेनी सेनाले दुई साताअघि आक्रमण सुरु गरेको कुर्स्क क्षेत्रका सात वटा नगरपालिकाको निर्वाचन स्थगित गर्ने घोषणा गरेको छ । रूसी निर्वाचन आयोगले बुधबार टेलिग्राममार्फत मतदान स्थगित गरिएको जानकारी गराएको छ ।

निर्वाचन आयोगले ‘मतदाताको सुरक्षाको पूर्ण प्रत्याभूति’ भएपछि त्यहाँ मतदान हुने बताएको छ तर अर्को हप्तादेखि सुरु हुने क्षेत्रीय गभर्नरको निर्वाचन बाँकी क्षेत्रमा योजनाअनुसार नै हुने जनाएको छ ।


पछिल्लो दुई हप्तामा युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आफ्नो रूसविरूद्धको प्रत्याक्रमणलाई सुसङ्गठित गर्दै सहयोगी मुलुकबाट प्राप्त हतियारको बलमा आक्रमण सुरू गरेको छ ।

रूसले कुर्स्क क्षेत्रमा आक्रमणबाट नागरिकहरूको क्षति नहोस् भनी आफ्ना नागरिकलाई सुरक्षित स्थलमा सारिसकेको जनाएको छ ।