यमनमा वर्षा र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो



पश्चिमी यमनमा साता लामो भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको यमनको सरकारी टिभीले यमनको रेड क्रिसेन्ट सोसाइटीको विज्ञप्तिलाई उद्धृत गर्दै शुक्रबार जनाएको छ । यस साता सातवटा प्रदेशमा परेको वर्षा र बाढीले १२ जना बेपत्ता भएकोसमेत भएको टेलिभिजनले जनाएको छ ।

बाढीले १२ हजार पाँच सय ८४ भन्दा बढी घरमा क्षति पु¥याएको छ भने तीन हजार छ सय ४० जना विस्थापित भएका छन् । सात प्रभावित प्रान्तमध्ये होडेडाह सबैभन्दा बढी प्रभावित भएको छ । अन्य प्रभावित क्षेत्रमा हज्जाह, अमरान, सादा, धमार, ताइज र साना रहेका छन् । टेलिभिजनमा प्रसारित फुटेजमा भारी वर्षा र बाढीले पूर्ण रूपमा बगाएको होडेडाहको एउटा गाउँ देखाइएको थियो ।


विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बाढीले ३० जनाको ज्यान लिएको र पाँच जना बेपत्ता भएका उल्लेख गरेको छ डब्लुएचओले विज्ञप्तिमा भनेको छ, “बाढीले पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ र धेरै बासिन्दालाई विस्थापित गरेको छ, सडकहरू बन्द भएका छन् ।” डब्लुएचओले पनि दूषित पानीका कारण रोग फैलिन सक्ने चिन्ता व्यक्त गरेको छ ।