माओवादी नेता जनार्दन शर्माको प्रस्तावः ‘पार्टीको नाम र चुनाव चिन्ह फेरौं’ (प्रस्तावसहित)



काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन्।

सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन्।


पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन्।

https://drive.google.com/file/d/1P8b86n7Ob1gykwqm21PdOaGmU96-K8qf/preview