बेचन झाविरुद्ध ठगी-किर्ते र राज्यविरुद्ध सङ्गठित अपराध कसुरमा मुद्दा दर्ता



काठमाडौं । बहुचर्चित काण्ड नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले झा पक्राउ परेको डेढ महिनापछि हिजो (मंगलबार) जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । झाले पोलिग्राफ टेष्ट गर्न भने अस्वीकार गरेको खुलासा भएको छ ।

झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो । झा प्रक्राउ प्रकरणले नेपालको राजनीति नै तातिएको छ । यो प्रकरणमा छानबिन गरिरहेका प्रहरी अधिकृतहरुको सुरुवा भएको छ ।


झा पक्राउ परेसँगै उच्चस्तरका राजनीतिक नेक्सस पत्ता लाग्ने प्रहरी अधिकारीहरुको दाबी थियो । अहिले दायर गरिएको मुद्दाको प्रतिवेदनअनुसार झाको बयानमा थप व्यक्तिको संलग्नता पुष्टि नभएको जनाईएको छ ।