फिलिपिन्समा फेला परेको एमपक्स घातक भेरिएन्टको नभएको पुष्टि



फिलिपिन्समा यस वर्ष फेला परेको मङ्किपक्स अर्थात् एमपक्स भाइरसको पहिलो सङ्क्रमण विश्वव्यापी चेतावनी दिइएको अधिक घातक भेरिएन्ट नभएको र यसको प्रभाव हल्का खालको रहने स्वास्थ्य सचिव टिओडोरो हर्बोसाले बुधबार बताएका छन् । भाइरसको अत्यधिक सङ्क्रामक ‘क्लेड–वनबी’ भेरिएन्टले कङ्गोमा सयौँ मानिसहरूको ज्यान लिएको छ ।

यो भाइरस बुरुन्डी, केन्या, रुवान्डा, युगान्डा र स्विडेनमा पनि फेला परेको छ । हर्बोसाले ३३ वर्षीया फिलिपिनो पुरुषमा देखा परेको भाइरस सन् २०२२ मा पत्ता लागेको ‘क्लेड टूबी’ भेरिएन्ट रहेको उल्लेख गरे । “यो एमपक्सको पुरानो भेरिएन्ट हो”,उहाँले भन्नुभयो । “यो ‘क्लेड वनबी’ जति जोखिमयुक्त छैन ।” “


चिकित्सकहरूका अनुसार भाइरसको सङ्क्रमण समुदायमा फैलिदै छ,” हर्बोसाले भने ।

फिलिपिन्सका अधिकारीहरूले सन् २०२२ र सन् २०२३ मा एमपक्सका नौ वटा सङ्क्रमणका घटना भेटिएको बताएको छ । राष्ट्रपति फर्डिनान्ड मार्कोसले मङ्गलबार स्वास्थ्य अधिकारीहरूलाई भाइरसबाट जोखिममा रहेका क्षेत्र र मानिसलाई निरन्तर निगरानीमा राख्न आदेश दिएका छन् ।