प्रधानमन्त्रीद्वारा पारा ओलम्पिकमा कास्यपदक विजेता गोवर्धनलाई बधाई



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत गोवधर्नलाई बधाई दिएका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न  के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।