प्रधानमन्त्री ओलीसँग बेलायती राजदूत फेनको भेटवार्ता



काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोन फेनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज (मंगलबार) सिंहदरबार पुगी प्रधानमन्त्री ओलीसँग राजदूत फेनले भेट गरेका हुन् ।

सो भेटवार्तामा नेपाल–बेलायतबीचको द्विपक्षीय हित प्रवद्र्धनका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।