काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीय संस्कार र संस्कृतिको महत्त्व नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
होमप्रसाद आचार्यद्वारा लिखित ‘बृहत् कर्मकाण्ड प्रदीप’ नामक पुस्तक शनिबार लोकार्पण गर्दै उनले हाम्रो संस्कार बुझ्न सक्नेगरी पुस्तक प्रकाशनमा ल्याउनुपर्ने बताए ।
सभामुख घिमिरेले ७० वर्षको उमेरमा पनि आचार्यले प्रविधिको प्रयोग गरेर पुस्तक लेख्नुले अन्यलाई पनि ऊर्जा मिल्नेमा जोड दिए । लेखक आचार्यले शास्त्र र वेदमा उल्लेख गरिएको विषयलाई सबैले बुझ्नेगरी पुस्तकमा ल्याएको बताए ।