पाकिस्तानको मुद्रास्फीति  ११.५ प्रतिशत पुग्ने



स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) का गभर्नर जमील अहमदले पाकिस्तानको मुद्रास्फीति  ११.५ प्रतिशत पुग्ने चेतावनी दिएका छन् ।  डन पत्रिकाको रिपोर्टका अनुसार घरेलु  मुद्रास्फीति नियन्त्रण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको केन्द्रीय बैंकले चेतावनी दिएको हो।  राष्ट्र बैंकका गभर्नरले आर्थिक वर्ष २५ मा मुद्रास्फीति ११ दशमलव ५ प्रतिशत रहने तर बजेटका उपाय र ऊर्जा मूल्यका कारण १३ दशमलव ५ प्रतिशत पुग्न सक्ने बताए ।

इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ( र धेरै मित्र राष्ट्रहरूबाट सहयोग पाए पनि देशको अवस्था अझै नाजुक छ । पाकिस्तानको वैदेशिक ऋण १३० अर्ब डलर छ । 


गहुँको भाउ बढ्दा आगामी हिउँदमा यो मुद्रास्फीति अझै बढ्न सक्ने उनले चेतावनी दिए । अहमदका अनुसार अहिले विश्व बजारमा कच्चा तेलको मूल्य घटिरहेको छ तर मध्यपूर्वमा उत्पन्न द्वन्द्वको स्थितिले यसलाई बढाउने सावित हुन सक्छ ।