न्याय परिषद्को बैठक बस्दै, ३५ जिल्लामा न्यायाधीश नियुक्त हुँदै



काठमाडौं । न्याय परिषद्को बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि बस्ने गरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बैठक डाकेका हुन् ।

आजको बैठकमा ३५ जिल्लामा न्यायाधीश नियुक्त गर्ने तयारी भएको स्रोतले जनाएको छ । हाल सर्वोच्चमा ४ र उच्च अदालतमा १० जना न्यायाधीशको पद रिक्त छ । यद्यपी आज जिल्लामा मात्र न्यायाधीश नियुक्ति हुने सम्भावना रहेको स्रोतको भनाइ छ ।