काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यसलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन्।
सैनिक मञ्चमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपाली समाज कसैले पनि बिथोल्न र भड्काउन नसक्ने बताएका हुन्।
नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण गतिविधि भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको उनको भनाइ थियो।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको गौरापर्व नेपालको मौलिक पर्व भएको चर्चा गरे।