नेकपा एसको पदाधिकारी चयन : रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई विजयी



काठमाडौं । नेकपा (एकिकृत समाजवादी) को पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ ।

नतिजा अनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भइन् ।


मत परिणाम अनुसार मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र झाले १४४ मत पाए ।