दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण



तनहुँ । स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड रुपैयाँ मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ ।

विभागले हेमाटोलोजी एनालाइजर, अटोमेटेड युरिन एनालाइजर,फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो । पूर्वमन्त्री शंकर भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई ती उपकरण हस्तान्तरण गरेका हुन् ।


नयाँ उपकरण जडान भएसँगै अब दुई घण्टामा बिरामीले ‘ल्याब रिपोर्ट’ पाउने छन् । यसअघि त्यस्ता विवरण प्राप्त गर्न पाँच घण्टाभन्दा बढी समय लाग्दैआएको थियो । उपकण हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियार,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाही, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ मिश्र लगायत सहभागी थिए ।

यसैबीच, प्रतिनिधिसभा सदस्यसमेत रहेका भण्डारीले अस्पतालको स्तरोन्नतिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छाैँ ।