तोलामा ९ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५०० रुपैयाँ कायम थियो । यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७६० रुपैयाँमा कायम भएको छ ।