काठमाडौं। संघीय संसद् अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तरगत अहिले बिहान ११ बजेका लागि बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको गत आर्थिक वर्ष २०८०(०८१ को वार्षिक प्रतिवेदन माथि छलफल हुने बताइएको छ।
त्यस्तै, बिहान ११ः३० बजे सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिनेछ।
दिउँसो १ बजेका लागि बोलाइएको अर्थ समितिमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गरिने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ।