चीनको कोइला खानीमा दुर्घटना हुदाँ सात जनाको मृत्यु



चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तस्थित कोइला खानीमा बुधबार दुर्घटना हुदाँ सात जनाको मृत्यु भएको स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार घटनामा एक जना फसेका छन् । सिसिटिभीका अनुसार दुर्घटना सिचुआन प्रान्तको लेसान सहरको कोइला खानीमा कामदारले भेन्टिलेसनबाट हावा पठाउन काम गरिरहेका समय बिहान १० बजे भएको थियो ।


खोज तथा उद्धार टोलीले समाचार तयार पार्दासम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ भने एकजना व्यक्ति अझै बेपत्ता भएकाले खोजी र उद्धार कार्य जारी छ । दुर्घटनाको कारणबारे खोज तथा अनुसन्धान भइरहेको छ ।

थप विवरण आउन बाँकी छ ।