गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा



काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित एक धागो उद्योगमा आज अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति पौने ८ बजेको समयमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए।


ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलस्थित भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको थियो। विभिन्न क्षेत्रबाट पुगेका दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्।