कर्णालीमा कांग्रेसका ४ मन्त्री नियुक्त, शाहलाई अर्थको जिम्मा, अरु कसलाई कुन मन्त्रालय ?



कर्णाली । कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री यामलाल कँडेलले ४ जना मन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो ।

मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वको सरकारमा नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन् । शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ । उनीहरुका शपथ आजै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कांग्रेसबाट मन्त्री भएका चार जना मध्ये शाह, भण्डारी र बुढा संस्थापन पक्षका हुन भने अधिकारी संस्थापन इतर पक्षका हुन्। ८ सदस्यीय कर्णाली मन्त्री परिषदुमा मुख्यमन्त्रीसहित एमालेले तीन मन्त्रालय राखेको छ।