काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ललितपुरको खोड्कु खोला र गौरीघाट आसपासको बागमती नदीले सतर्कताको तह पार गरेको छ।
काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका अनुसार नदीमा बहाव बढेसँगै भक्तपुरको हनुमन्ते खोला र ललितपुरको मनोहरा खोला तथा मकवानपुरको लाल बकैयाँमा पनि पानीको सहत बढ्दै गएको छ।
बाढीले काठमाडौंको सानोभर्याङ,जडिबुटी,बल्खु तरकारी बजार,माइतीघर मण्डला, हनुमान ढोका दरबार क्षेत्र लगायतका क्षेत्र डुबानमा परेका छन् । महानगरपालिकाका अनुसार बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढेर बस्तीमा छिरेको छ।