इरानकामा उपराष्ट्रपति पदमा पूर्व शीर्ष कूटनीतिज्ञ जरिफको वापसी



एजेन्सी । इरानका पूर्वविदेशमन्त्री मोहम्मद जवाद जरिफले मंगलबार उपराष्ट्रपति पदमा फर्किने घोषणा गरेका छन् । उनले यसै महिनाको प्रारम्भमा राष्ट्रपति मसुद पेजेस्कियानसमक्ष उपराष्ट्रपति पदबाट राजीनामा दिएका हुन् । 

पेजेस्कियानले अगस्ट १ मा जरिफलाई रणनीतिक मामिलाका लागि आफ्नो उपराष्ट्रपतिमा नियुक्त गरेका थिए । तर जरिफले १९ सदस्यीय मन्त्रिपरिषद्को ‘लाइन–अप’ का बारेमा आफ्नो निराशालाई उद्धृत गर्दै दुई साताभन्दा पनि कम समयमा राजीनामा दिएका थिए । 


उनले आफ्ना छोराछोरीसँग दोहोरो अमेरिकी नागरिकता भएकाले आफूले दबाबको सामना गर्नुपरेको बताए । इरानमा कन्जरभेटिभहरूले जरिफलाई उपराष्ट्रपति पदमा नियुक्त गरेकामा राष्ट्रपति पेजेस्कियानको आलोचना गरेका छन् । जरिफ विश्व शक्तिहरूसँग सन् २०१५ को ऐतिहासिक आणविक सम्झौताको वार्तामा आफ्नो महत्त्वपूर्ण भूमिकाका लागि अन्तर्राष्ट्रिय मञ्चमा परिचित हुन् । 

मंगलबार इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीसँगको नयाँ मन्त्रिपरिषदको पहिलो बैठकमा भाग लिएका जरिफले पनि आफ्नो पदमा नयाँ मन्त्रिपरिषदको प्रशंसा गरे । 

गत साता इरानको नयाँ मन्त्रिपरिषद्का सबै सदस्यलाई संसदबाट विश्वासको पूर्ण मत प्राप्त भएको थियो । संयुक्त राष्ट्रसङ्घमा इरानको प्रतिनिधित्व गरिसकेका जरिफले उदारवादी राष्ट्रपति हसन रुहानीको नेतृत्वमा सन् २०१३ र सन् २०२१ को बीचमा मुलुकको शीर्ष कूटनीतिज्ञका रूपमा सेवा गरेका थिए । 

अमेरिका एकपक्षीय रूपमा बाहिरिएपछि सन् २०१५ को आणविक सम्झौता तीन वर्षपछि प्रभावकारीरूपमा भङ्ग भएको थियो । तर यसलाई जरिफको जुझारु वार्ताकारका रूपमा प्रतिष्ठालाई बलियो बनाउन सहयोग प्राप्त भएपछि इरानलाई पश्चिममा पुनः खुला गर्यो ।