इराकमा भएको सैन्य कारबाहीमा १४ आइएस लडाकूको मृत्यु



पश्चिमी इराकी प्रान्त अनबरको मरुभूमिमा भएको सैन्य कारबाहीमा इस्लामिक स्टेट (आइएस) का १४ लडाकू मारिएको इराकी सेनाले शुक्रबार जनाएको छ । दुई महिनाको अनुगमनका आधारमा सेनाले बिहीबार बिहान ४ बजे आइएसका लडाकूहरू लुकेका ठाउँहरूमा हवाई हमला गरेको थियो ।

हवाई आक्रमण र झडपका क्रममा कस्ल १४ आइएस लडाकू मारिएको सेनाले विज्ञप्तिमा भनेको छ । यसमध्ये केहीले विस्फोटक बेल्ट लगाएका थिए र हाते ग्रिनेड बोकेका थिए । गुप्तचरहरूले थपे कि मारिनेहरूमा महत्त्वपूर्ण आइएस नेताहरू पनि रहेका थपेका थिए ।


सन् २०१७ मा आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार भएको छ । यद्यपि आइएसहरू सहरी केन्द्र र मरुभूमि क्षेत्रहरूमा लुकेका छन् ।