इयुले युक्रेनलाई चार अर्ब २० करोड युरो वितरण गर्ने



युरोपेली सङ्घ (इयु) ले युक्रेनको सुधार प्रयास सन्तोषजनक ठानेपछि युक्रेनलाई चार अर्ब २० करोड युरो प्रदान गर्न तयार भएको इयुको परिषद्ले जनाएको छ । परिषद्ले इयुको युक्रेन सुविधाअन्तर्गत युक्रेनलाई अनुदान र ऋणको नियमित भुक्तानीको पहिलो किस्तालाई अनुमति दिएको एक प्रेस विज्ञप्तिले जनाएको छ ।

परिषद्ले सर्त र सुधारहरू पूरा भएको जनाएको छ । सुधारहरूमा सार्वजनिक वित्तीय व्यवस्थापन, राज्यको स्वामित्वमा रहेका उद्यमहरूको सुशासन, व्यापारिक वातावरण, ऊर्जा र खानी समावेश छन् । कोष जारी हुने युक्रेन सुविधा सन् २०२४ मार्चमा लागू भएको हो । यसले सन् २०२४ देखि सन् २०२७ अवधिका लागि ५० अर्ब युरोसम्मको आर्थिक सहयोगको प्रक्षेपण गर्दछ ।