४३ जना नेपाली तीर्थयात्री चढेको बस भारतको बिहारमा दुर्घटना



काठमाडौं । नेपालबाट तीर्थयात्री बोकेर भारतको देवघर जाँदै गरेको नेपाली नम्बर प्लेट भएको ना ७ ख ६४४६ नम्बरको बस समस्तीपुरको मुश्रीघरारी थाना क्षेत्रमा राष्ट्रिय राजमार्ग २८ मा दुर्घटना भएको छ । उक्त घटनामा बसमा सवार २५ जनाभन्दा बढी तीर्थयात्री घाइते भएका छन् ।

घाइते सबै तीर्थयात्रीलाई मुश्रीघरारीको निजी तथा सदर अस्पतालमा भर्ना गरिएको छ । बसमा ४३ नेपाली तीर्थयात्री सवार थिए । घटना बिहान ३ बजेतिर भएको बताइएको छ । भारतीय पर्यटक बोकेर नेपाल आएको भारतीय नम्बरप्लेटको बस तनहुँमा दुर्घटना भएको पर्सीपल्टै नेपाली नेपाली तीर्थयात्री लिएर गएको नेपाली नम्बरप्लेटको बस भारतमा दुर्घटना भएको हो ।


बस मुश्रीघरारी थाना क्षेत्रको राष्ट्रिय राजमार्ग २८ चोकबाट केही टाढा गएपछि बसको एक्सेल फुटेको यात्रुले बताएको भारतीय अखबार अमर उजालाले आफ्नो अनलाइनमा लेखेको छ । जसका कारण बस सडक छेउमा पल्टिएको थियो । बसको गति धेरै नहुँदा तीर्थयात्रीको ज्यान जोगिएको थियो । घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् र उनीहरुलाई मुश्रीघरारीस्थित निजी अस्पतालमा भर्ना गरिएको छ । केही तीर्थयात्रीलाई बिहान सदर अस्पताल पठाइएको छ जहाँ सबैलाई प्राथमिक उपचार गरी डिस्चार्ज गरिएको छ ।

जलाभिषेक गर्न देवघर जाने क्रममा बिहान करिब ३ बजे घटना भएको हो । घटनाको जानकारी पाएलगत्तै मुश्रीघरारी प्रहरी चौकीको प्रहरी घटनास्थलमा पुगेर बसमा फसेका तीर्थयात्रीलाई बाहिर निकालेर घाइतेलाई उपचारका लागि राष्ट्रिय राजमार्गस्थित निजी अस्पतालमा लगिएको थियो । नेपाल छेउछाउको जयनगर क्षेत्रबाट बस चढेर जलाभिषेक गर्न तीर्थयात्रीहरू देवघर जाँदै गरेको बताइएको छ ।

शनिबार बिहान नेपालबाट प्रस्थान गरेका सबै तीर्थयात्रीले जलाभिषेक गर्न देवघर गएको र शनिबार बिहान ११ बजे नेपालबाट प्रस्थान गरेको बताए । दिउँसो करिब ३ बजे अगाडिबाट आउँदै गरेको गाडीले बसलाई ठक्कर दिँदा बसको एक्सेल फुटेर बस सडकको छेउमा पल्टिएको थियो ।

बसको गति धेरै नहुँदा मानवीय तथा भौतिक क्षति भने भएको छैन । घाइते हुनेमा बारा जिल्लाका रामकिशोर महतो, झुनिया देवी, रोशनी मुखिया, परम शीला देवी, श्रीपति मुखिया, पार्वती देवी, बिंदेश्वर मुखिया, लक्की मुखिया, अरुण मुखिया, परमिंदर मुखिया, जगत मुखिया, विनोद पंडित, मोती पंडित, विश्वनाथ मुखिया, राजेश साह, लक्ष्मी यादव लगायत रहेको बताइएको छ ।