जिल्ला अदालतका ३५ न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूचीसहित)



काठमाडौं। न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाबाट जिल्ला न्यायाधीश सिफारिस गरेको हो।

उच्च र सर्वोच्च अदालतमा पनि न्यायाधीश रिक्त रहेका छन्।


उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेको छ।  परिषद्ले जिल्लाबाट नियुक्तिको थालनी गरेको हो।

जसअन्तर्गत न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई सिफारिस गरिएको छ।

https://drive.google.com/file/d/1q3vfAb8SeQgJP4btCL4JUp7UuHP2RcC1/preview