सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँचेका पाइलट शाक्य डिस्चार्ज



काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा घाइते भएर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत शाक्यलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उक्त जहाज दुर्घटनामा परेर १८ जनाको घटनास्थलमै ज्यान जाँदा पाइलट शाक्यलाई भने घाइते अवस्थामा तुरुन्तै उद्धार गरिएको थियो । जहाज दुर्घटनाका क्रममा शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो । ढाडको एउटा हाँड र देव्रेपट्टि तीन वटा करङका हाँड भाँचिएको थियो ।