सुनको मूल्य हाल सम्मकै उच्च, तोलामा कति पुग्यो ?



काठमाडौं। नेपाली बजारमा मूल्य हाल सम्मकै उच्च भएको छ। आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।


अघिल्लो दिन सुनको मूल्य तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँमा कायम थियो ।यसैगरी, आज चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ।