धनगढी। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको आव्हान गरिएको छ। प्रदेश प्रमुख नजिर मियाँले यही आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्।
मुख्यमन्त्री दीर्घ सोडारीले आज राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका हुन्।
संघमा राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।